PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

महिला टी-२० क्रिकेट लिग हुने, भारतीय टिमको पनि सहभागिता हुने



पहिलोपोस्ट

महिला टी-२० क्रिकेट लिग हुने, भारतीय टिमको पनि सहभागिता हुने

काठमाडौं : राइजिङ क्रिकेट फर वुमन (आरसिडब्लु)को आयोजनामा महिला टी-२० क्रिकेट लिग हुने भएको छ।

आयोजकले सोमवार पत्रकार सम्मेलन गर्दै यही बुधवारदेखि शनिवारसम्म चितवनको रत्नगर स्टेडियममा लिग हुने जानकारी गराएको हो।

चार दिने प्रतियोगितामा आयोजक आरसिडब्लु, विभागीय टोली एपीएफ, मिलन क्रिकेट एकेडेमी र अल इन्डिया वुमन्स टी-२० क्रिकेट एसोसिएसनले राउण्ड रोविन लिगमा प्रतिस्पर्धा गर्ने आरसिडब्लुका अध्यक्ष आरती बिडारीले बताइन्।

राउण्ड रोविन लिगपछि अंक तालिकामा शीर्ष दुई स्थान हात पार्ने टोली फाइनलमा पुग्नेछ। लिगको विजेताले नगद ५० हजार, ट्रफी र मेडल हात पार्नेछ भने उपविजेताले क्रिकेट किट्स प्राप्त गर्नेछ।

यस्तै प्लेअर अफ दि सिरिजले फुल क्रिकेट किट्स पाउनेछन् भने बेस्ट बलरले ६ बल, बेस्ट ब्याट्सवुमनले ब्याट र ब्याटिङ ग्लोभ्स, बेस्ट किपरले ग्लोभ्स र बेस्ट फिल्डरले जर्सी पाउनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell