PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

संसद बैठक : सुवालले नियमापत्ति जनाएपछि ठाकुरले भने: कुनै नियम बनेको छैन, केको नियमापत्ति?



पहिलोपोस्ट

संसद बैठक : सुवालले नियमापत्ति जनाएपछि ठाकुरले भने: कुनै नियम बनेको छैन, केको नियमापत्ति?

काठमाडौं : प्रतिनिधि सभाले ‘प्रतिनिधि सभाको अन्तरिम कार्यविधि, २०७४’ सर्वसम्मतिले पारित गरेको छ। 

संघीय संसद्को तल्लो सदन प्रतिनिधि सभाको आज बसेको पहिलो बैठकले सो कार्यविधि पारित गरेको हो। बैठकको अध्यक्षता गरेका प्रतिनिधि सभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले उक्त कार्यविधि पारित गर्नका लागि प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव गरेलगत्तै सांसद प्रेम सुवालले आसनबाट उठेर नियमापत्ति जनाए। त्यसपछि ज्येष्ठ सदस्य ठाकुरले 'कुनै नियम नबनेको अवस्थामा केको आपत्ति' भन्दै आसन ग्रहण गर्न आग्रह गरे। 

सो प्रस्ताव ‘हुन्छ’ र ‘हुन्न’ भन्ने ध्वनी मतका आधारमा मत विभाजन गर्दा सर्व सम्मतिले पारित भएको हो। प्रतिनिधि सभाको आज बसेको पहिलो बैठकले संसद् नियमावली नहुन्जेलका लागि सदन सञ्चालन गर्न आवश्यक कार्यविधि पारित गरेको हो। बैठकले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सांसद खगराज अधिकारी, मानबहादुर विक, पूर्णकुमारी सुवेदी, लक्ष्मणलाल कर्ण र उमाशंकर अर्गरियालाई मनोनयन गरेको छ। 

ज्येष्ठ सदस्य ठाकुरले बैठकको शुरुमै राष्ट्रपति कार्यालयबाट प्राप्त संसद्को पहिलो अधिवेशन आह्वान र सरकार गठनसम्बन्धी छुट्टाछुट्टै पत्र पढेर सुनाएका थिए। प्रतिनिधिसभाको अर्को बैठक फागुन २२ गते बिहान ११ बजे बस्नेछ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell