PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

पाकिस्तानी प्रधानमन्त्रीलाई १९ तोपको सलामी



पहिलोपोस्ट

पाकिस्तानी प्रधानमन्त्रीलाई १९ तोपको सलामी

काठमाडौं: नेपालको दुईदिने भ्रमणमा आइपुगेका पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीको सम्मानमा १९ तोपको सलामी प्रदान गरिएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समकक्षीलाई सैनिक मञ्च टुँडिखेलको अतिविशिष्ट कक्षमा स्वागत गर्नुभएसँगै अब्बासीको सम्मानमा सम्मान गारद प्रदान गरिएको हो। उक्त अवसरमा पाकिस्तानी प्रधानमन्त्रीले सम्मान गारद निरीक्षण गरेका थिए। समारोहमा दुवै देशका राष्ट्रिय धुन बजाइएको थियो। 

समारोहमा पाकिस्तानी प्रधानमन्त्रीले मन्त्रीगण, संवैधानिक निकायका प्रमुख एवं नेपाल सरकारका उच्चपदस्थ अधिकारी एवं प्रधानसेनापति राजेन्द्र क्षत्रीको परिचय लिएका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell