PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

नर्वेका अन्तर्राष्ट्रिय विकास मन्त्री निकोलाई नेपाल आउँदै



पहिलोपोस्ट

नर्वेका अन्तर्राष्ट्रिय विकास मन्त्री निकोलाई नेपाल आउँदै
फोटो श्रोत: regjeringen.no

काठमाडौं: नर्वेका अन्तर्राष्ट्रिय विकास मन्त्रालयका मन्त्री निकोलाई अस्ट्रप मंगलबार नेपाल आउने भएका छन्। दुई दिने भ्रमणका क्रममा उनी नेपाल आउन लागेको काठमाडौँ स्थित नर्वेजियन दुतावासले जनाएको छ। 

भ्रमणका क्रममा मन्त्री निकोलाईले नेपालका उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको दुतावासको प्रेस हेर्ने अधिकारीले जानकारी गराएका छन्। 

नेपाल बसाईका क्रममा नर्वेजियन मन्त्रीले दोलखाको विगु गाउँपालिकामा नर्वेजियन दुतावासको सहयोगमा निर्मित विद्यालयको समेत उद्घाटन गर्ने कार्यक्रम रहेको छ। त्यस्तै त्यहँ रहँदा उनले स्थानीय विद्यालय व्यवस्थापन समिति तथा गाँउपालिकाका प्रतिनिधिसँग भेट गर्ने छन्। 
त्यस्तै उनले नेपाल बसाईका क्रममा खिम्ती जलविद्युत परियोजनाको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ। खिम्ती जलविद्युत आयोजनामा नर्वेको लगानी रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell