PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

पाकिस्तानी प्रधानमन्त्री अब्बासीले भोलि प्रचण्डसँग भेट्ने: देउवासँग नभेट्ने!



पहिलोपोस्ट

पाकिस्तानी प्रधानमन्त्री अब्बासीले भोलि प्रचण्डसँग भेट्ने: देउवासँग नभेट्ने!

काठमाडौं: सोमबार काठमाडौं आइपुगेका पाकिस्तानी प्रधानमन्त्री शाहीद खाकन अब्बासीले भोलि बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट्ने भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटभन्दा अगाडि माओवादी अध्यक्ष प्रचण्डसँग भेट तय भएको काठमाडौंस्थित पाकिस्तानी राजदुतावासले जनाएको छ।

आज प्रधानमन्त्री एवं एमालेका अध्यक्ष अोलीसँग भेटेका प्रधानमन्त्री अब्बासीको पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेट गर्ने कार्यक्रम छ कि? जवाफमा भेट तय भइ नसकेको दुतावासले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell