PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

स्कूल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु



पहिलोपोस्ट

स्कूल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

उर्लाबारीः मोरङको विराटनगर–५, स्थित भित्री सडकखण्डमा स्कूल बसको ठक्करबाट पैदलयात्री एक महिलाको सोमबार बेलुका मृत्यु भएको छ।

एभरेष्ट बोर्डिङ स्कूलको को १ क ८३७ नं को बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५० वर्षीया शारदा मण्डलको मृत्यु भएको हो।

बसको ठक्करबाट गम्भीर घाइते महिलाको कोशी अञ्चल अस्पताल पु¥याउने बित्तिकै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ। ठक्कर दिने बस र त्यसका चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell