PahiloPost

Jun 15, 2026 | १ असार २०८३

कान्तिपुरविरुद्दको अपहेलना मुद्दामा आज पनि सर्वोच्चमा बयान



पहिलोपोस्ट

कान्तिपुरविरुद्दको अपहेलना मुद्दामा आज पनि सर्वोच्चमा बयान

काठमाडौंः कान्तिपुर पव्लिकेशनविरुद्ध सर्वोच्चमा विचाराधीन अदालतको अपहेलना मुद्दामा आज पनि बयान हुँदैछ।

आइतबारदेखि बयान सुरु भए पनि सोमबार पूर्व न्यायाधीश रामनगिना सिंहको निधनका कारण सवै पेशी स्थगित भए। पेशी स्थगित भएपछि बयान सोमबारका लागि निरन्तर राखिएको हो।

आइतबार न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको इजलासमा पव्लिकेशनकी निर्देशक स्वस्तिका सिरोहियाको बयान भएको थियो। अन्य तीनको बयान बाँकी छ।

अपहेलना मुद्दाको विपक्षीमा अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलास सिरोहिया, प्रबन्ध सम्पादक सुधीर शर्मा र संवाददाता कृष्ण ज्ञवाली रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell