PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

एमाले-माअोवादी विधान मस्यौदा कार्यदलको बैठक स्थगित



पहिलोपोस्ट

एमाले-माअोवादी विधान मस्यौदा कार्यदलको बैठक स्थगित

काठमाडौंः आज बस्ने भनिएको एमाले–माओवादीको विधान मस्यौदा कार्यदलको बैठक स्थगित भएको छ। 

आजै ११ बजे संघीय संसदको बैठक बस्ने भएपछि कार्यदलको बैठक स्थगित भएको कार्यदलका प्रवक्ता गोकर्ण बिष्टले जानकारी दिए। 

आज बस्ने कार्यदलको बैठकमा पार्टी विधानको प्रारम्भीक खाका पेश गर्ने कार्यक्रम थियो। पार्टी एकता प्रतिवेदन तयार गर्न विधान मस्यौदा कार्यदलले दुई-दुई जनाको दुई उपसमिति गठन गरेको थियो। 

उपसमितिले अाफ्नो तर्फबाट काम गरिरहेको प्रवक्ता विष्टले जानकारी दिए। 

फागुन ७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकताको लागि गृहकार्य गर्न दुई कार्यदल गठन गरेको थियो। 

एमाले नेता माधवकुमार नेपालको नेतृत्वमा प्रतिवदेन मस्यौदा कार्यदल र माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलको नेतृत्वमा विधान मस्यौदा कार्यदल गठन भएको थिए।

फागुन २५ गते पार्टी एकताको प्रतिवेदन पेश गर्ने गरि पार्टी एकताको प्रतिवेदन तयार पार्न एकता संयोजन समितिले कार्यदललाई समय दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell