PahiloPost

Jun 15, 2026 | १ असार २०८३

पाकिस्तानका प्रधानमन्त्रीद्वारा राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट



पहिलोपोस्ट

पाकिस्तानका प्रधानमन्त्रीद्वारा राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट
फोटोः राष्ट्रपतिको कार्यालय

काठमाडौँः नेपालको दुर्इ दिने भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री शाहीद खाकन अब्बासीले राष्ट्रपति विद्या देवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन्। 

मंगलबार विहान शितल निवासमा पुगेर पाकिस्तानी अब्बासीले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेका हुन्। 

भेटमा दुर्इ देशबीच रहि अाएको सम्बन्ध, अापसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरि प्रसाद दवाडीले जानकारी दिए। 

भेटमा नेपालका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडा, नेपाल सरकारका उच्च अधिकारी सहित नेपालका लागि पाकिस्तानका राजदुत मजहर जावेद, नेपालका लागि पाकिस्तानका राजदुत सेवा लम्साललगायत सहभागि थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell