PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

संसदमा प्रचण्डको सम्बोधन: म नेपाली राजनीतिको केन्द्रविन्दुमा छु



पहिलोपोस्ट

संसदमा प्रचण्डको सम्बोधन: म नेपाली राजनीतिको केन्द्रविन्दुमा छु

काठमाडौः नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले अब सत्ताको लागि गरिने चलखेल अन्त्य गर्न सङकल्प गर्नुपर्ने समय आएको बताएका छन्। 

संघीय संसदको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले देश अब नयाँ मोडमा उभिएकाले सत्ताको लागि राजनीतिक चलखेल अन्त्य गरेर देश विकासमा लाग्नु पर्ने बताए। 

अध्यक्ष दाहालले भने,  'आजबाट नै नयाँ नेपाल बनाउनु भनेर हामी आफैले संकल्प गर्नु पर्ने छ। देशमा सुशासन व्यवस्था गर्ने नसके यो नेतृत्व सरकारको कुनै उपलव्धि नहुने बताए।' 

देशमा राम्रो गर्नेलाई पुरस्कार नराम्रो गर्नेलाई दण्ड गर्नु पर्ने बेला आएको बताए। उनले नेपाल कुनै देशको परस्त नभएको बताए । अध्यक्ष दाहाल केही दिनमा नै पार्टी एकता हुने बताए।

त्यसैगरी नेपाली राजनीतिको केन्द्रविन्दुमा आफू रहेको बताएका छन्। आफूलाई यो अवसर प्राप्त भएकोमा यो जिम्मेवारी पुरा गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे। प्रचण्डले भने, 'बोल्ने क्रममा पनि म मध्यविन्दुमा छु। राजनीतिमा पनि म केन्द्रविन्दुमा पर्दै आएको छु। यो अवसरको जिम्मेवारी म पुरा गर्नेछु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell