PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

नेपाल आइडल दोस्रो संस्करण घोषणा, हुँदैछन् केही परिवर्तन



पहिलोपोस्ट

नेपाल आइडल दोस्रो संस्करण घोषणा, हुँदैछन् केही परिवर्तन

काठमाडौं: गायन रियालिटी सो 'नेपाल आइडल'को दोस्रो संस्करणको लागि आवेदन खुला गरिएको छ। नेपाल आइडलको आधिकारिक फेसबुक पेजमार्फत अडिसन आह्वान गरिएको हो।

देशका ६ मुख्य सहरबाट प्रतिस्पर्धी छानिने छन्। काठमाडौं, हेटौंडा, पोखरा, धरान, धनगढी र भैरहवामा अडिसन हुने जनाइएको छ। चैत ६ गते भैरहवाबाट सुरु हुने अडिसन चैत ११ गते धनगढी, बैशाख ३ गते हेटौंडामा, ८ गते धरानमा र १४ गते पोखरामा हुनेछ। काठमाडौं अडिसनको लागि भने मिति तय भएको छैन।

योपटक नेपाल आइडल निर्देशन सुरेश पौडेलले गर्ने जानकारी दिइएको छ। सुरेश एपीवान टेलिभिजन निर्देशक हुन् भने यसअघि नेपाल आइडलमा प्रोजेक्ट प्रमुखका रुपमा रहेका थिए। पहिलो संस्करणका निर्देशक लक्ष्मण पौडेलले भने अर्को गायन रियालिटी सो 'द भ्वाइस'को तयारी गर्दैछन्। योपटक निर्णायक टिममा गायक राजेश पायल राईको उपस्थिति रहन सक्ने जानकारी स्रोतले दिएको छ। कार्यक्रमलाई रीमा विश्वकर्माले नयाँ को होस्ट सँग सञ्चालन गर्नेछिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell