PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

दुर्इदिने भ्रमण सकेर पाकिस्तानी प्रधानमन्त्री स्वदेश प्रस्थान



पहिलोपोस्ट

दुर्इदिने भ्रमण सकेर पाकिस्तानी प्रधानमन्त्री स्वदेश प्रस्थान

काठमाडौँः नेपालको दुईदिने औपचारिक भ्रमण सम्पन्न गरी इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी आज अपराह्न स्वदेश प्रस्थान गरेका छन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलार्इ अर्थमन्त्री डा युवराज खतिवडा र परराष्ट्र सचिव शंकरदास वैरागीले बिदाइ गरे। 

सोमबार दिउसो नेपाल अाइपुगेका पाकिस्तानी पाकिस्तानका प्रधानमन्त्री अब्बासीले नेपाल बसार्इका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसँग अाज विहान शिष्टाचार भेट गरेका थिए।

त्यस्तै उनले सोमबार प्रधानमन्त्री केपी शर्मा अोलीसँग भेट गरी प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधार्इ तथा शुभकामना व्यक्त गरेका थिए।

त्यस्तै अाज विहान नै पाकिस्तानका प्रधानमन्त्री अब्बासीले पूर्वप्रधानमन्त्री एवं माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेटवार्ता गरेका थिए। 

नेपालको ४१ अाैँ प्रधानमन्त्रीको रूपमा अोलीले सपथ लिएपछि नेपाल भ्रमण गर्ने अब्बासी पहिलो उच्चस्तरीय पाहुना हुन्। 

उनको सम्मानमा सैनिक मञ्च टुँडीखेलमा सोमबार सम्मान गारथ 'गार्ड अफ अनर' प्रदान गरिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell