PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

नेपालमा हलिउडको बढ्दो व्यापार, 'ब्ल्याक प्यान्थर' पनि १ करोड क्लबमा



पहिलोपोस्ट

नेपालमा हलिउडको बढ्दो व्यापार, 'ब्ल्याक प्यान्थर' पनि १ करोड क्लबमा

काठमाडौं: हलिउड फिल्म 'ब्ल्याक प्यान्थर'ले पनि नेपाल बक्स अफिसमा सुखद प्रदर्शन गरेको छ। फिल्मले एक करोड क्लबमा नाम लेखायो। फिल्मले एक करोड १० लाख माथिको व्यवसाय गरेको बताइएको छ।

मार्भल स्टुडियोजको प्रस्तुति ब्ल्याक प्यान्थरलाई नेपालका लागि व्याङ्कटेश फिल्मसले वितरण गरेको हो। प्रदर्शनको तेस्रो हप्तामै फिल्मले व्यवसायिक रुपमा सकारात्मक प्रस्तुति दिएको हो।

र्‍यान कुग्लर निर्देशित 'ब्ल्याक प्यान्थर' उपन्यासमा आधारित फिल्म हो। फिल्मका लागि केविन फिगले पटकथा लेखेका हुन्। कलाकारहरु चड्विक बोसम्यान मिचेल, जोर्डन लुपिता, न्योङ दनाइ, गुरिरा मार्टिन, फ्रीम्यान दानियल, राइट विन्सटन लगायतको अभिनय छ।

यसअघि हलिउड फ्यानटासी ड्रामा 'जुमाञ्जी: वेलकम टु द जंगल'ले नेपाल बक्स अफिसमा एक करोड क्लबमा नाम लेखाएको थियो। व्यवसायिक रुपमा फिल्मले सकारात्मक संकेत दिएको भन्दै वितरक एप्पल इन्टर्टेन्मेन्टले विशेष सो समेत आयोजना गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell