PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

रेशम चौधरीलार्इ संसदमा उपस्थित गराउन राजपा नेता महतोको माग



पहिलोपोस्ट

रेशम चौधरीलार्इ संसदमा उपस्थित गराउन राजपा नेता महतोको माग

काठमाडौँः राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सांसद रेशमलाल चौधरीलार्इ संसदमा उपस्थित गराउन माग गरेका छन्। 

आज संघीय संसदलाई सम्बोधन गर्दै महतोले कैलाली १ बाट निर्वाचित नेता चौधरीलाई संसदमा उपस्थित गराउन माग गरेका हुन्। 

राजपा नेता समेत रहेका कैलाली-१ बाट निर्वाचित सांसद चौधरीलार्इ टिकापुरमा सात जनाको ज्यान जाने गरी भएको घटनाको मुद्दामा जिल्ला अदालतले पूर्पक्षका लागि कारागार चलान गरेको छ। 

उनलार्इ निर्वाचन अायोगले सांसदको प्रमाणपत्र दिएको छैन्। उनले सांसदको सपथ लिन समेत पाएका छैनन्। 

'चौधरी माथी दोष लगाइएको भए पनि आरोप प्रमाणित भएको छैन,’ उनले भने, ‘त्यसैले उनलाई संसदमा उपस्थित गराउन आवश्यक व्यवस्था मिलाउन  पर्छ।'

यसअघी चौधरीलार्इ जेलमुक्त गराउनका लागि राजपाका नेताहरूले सोमबार प्रधानमन्त्री केपी शर्मा अोलीलार्इ अाग्रह गरेका थिए। 

सांसद चौधरीले शपथ ग्रहण गर्न पाउनु पर्ने माग गर्दै जेल भित्र अनसन थालेका छन्। 

टीकापुर घटनाका मुख्य आरोपित भन्दै प्रहरीको फरार सूचीमा रहेका चौधरीले फागुन १४ गते जिल्ला अदालतल कैलालीमा आत्मसमर्पण गरेको थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell