
काठमाडौं: संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको सरकारले संविधान संशोधन गर्दै अगाडी बढ्नुपर्ने बताएका छन्।
संघीय संसद बैठकलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने 'अहिलेको संविधानमा केही राम्रा पक्ष छन्। तर महिला अल्पसङख्य लगायतको तर्फबाट हेर्दा केही त्रुटि रहेका छन्। यसलाई सुधार गर्दै मेरो संविधान भनेर गर्व गर्ने अवस्था सम्म पुर्याउनुपर्छ।'
अध्यक्ष यादवले राष्ट्रिय सुरक्षा नीति र परारष्ट्र नीति सुधार गर्नुपर्ने बताए। देश विकासको लागि शैक्षिकस्तर बढाउनु पर्ने बताए। कमिसनतन्त्र र भष्ट्रचार अन्त्य नगरेसम्म देश विकास नहुने भन्दै अध्यक्ष यादवले संस्थागत रुपमा भएको भष्ट्रचार र कमिसनतन्त्रको नियन्त्रण गर्नुपर्ने बताए।
अनुहार नमिले पनि, भाषा नमिले पनि, खानपान नमिले पनि, सयौं थुँगा नेपाली भने जस्तै बनाउन अगाडी बढ्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन्।