PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

प्रधानमन्त्री ओलीलाई सुवालको सुझाव: हावामा महल बनाउँछु भनेर आश्वासन दिनु भएन



पहिलोपोस्ट

प्रधानमन्त्री ओलीलाई सुवालको सुझाव: हावामा महल बनाउँछु भनेर आश्वासन दिनु भएन

काठमाडौं: नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले प्रधानमन्त्रीले कालो धनलाई सेतो बाइदिन्छु भन्दै वक्तव्य दिएकोमा आपत्ती जनाएका छन्। 

संघीय संसदलाई सम्बोधन गर्दै सुवालले भने 'प्रधानमन्त्री जस्तो व्यक्तिले कालो धनलाई सेतो बनाउँछु भन्दै हिड्ने यसको जवाफ कसले दिने.' उनले प्रधानमन्त्री जस्तो व्यक्तिले जनतालाई हावामा महल बनाउँछु भन्दै झुटा आश्वासन दिने काम अशोभनीय भएको दाबी गरे।

देशलाई कहिले सिंगापुर बनाउँछु भन्ने, कहिले हावाबाट बिजुली बाल्छु भन्ने तर कहिले पुरा नगर्ने यस्ता वाचा काम नलाग्ने आश्वासन भएको सुवालको भनाई थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell