काठमाडौः राष्ट्रियसभाको अध्यक्षका लागि ३० गते निर्वाचन हुने भएको छ। कार्यतालिका अनुसार राष्ट्रियसभा अध्यक्षको मनोनयन २९ गते हुनेछ।
आज बसेको राष्ट्रिय सभाको बैठकले उक्त निर्णय गरेको हो। त्यसैगरी आजको बैठकले ९ सदस्यीय राष्ट्रियसभा कार्यसञ्चालन नियमावली मस्यौदा समिति पनि गठन भएको छ।
समितिमा एमालेबाट ३, कांग्रेसबाट २, माओबादीबाट २, फोरमबाट १ र राजपा जना सदस्य छन्।
समितिमा एमालेबाट गणेश तिमिल्सिना, परशुराम मेघी गुरुङ, दिल कुमारी रावल थापा रहेका छन् भने कांग्रेसबाट सुरेन्द्र पाण्डे र राधेश्याम अधिकारी रहेका छन्।
यस्तै माओवादीबाट दीनानाथ शर्मा र जीवन बुढा रहेका छन् भने फोरमबाट प्रमिला कुमारी र राजपाबाट वृषेशचन्द्र लाल यादव रहेका छन्।