PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन ३० गते: नौ सदस्यीय कार्यसञ्चालन समिति गठन



पहिलोपोस्ट

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन ३० गते: नौ सदस्यीय कार्यसञ्चालन समिति गठन

काठमाडौः राष्ट्रियसभाको अध्यक्षका लागि ३० गते निर्वाचन  हुने भएको छ। कार्यतालिका अनुसार राष्ट्रियसभा अध्यक्षको मनोनयन २९ गते हुनेछ।

आज बसेको राष्ट्रिय सभाको बैठकले उक्त निर्णय गरेको हो। त्यसैगरी आजको बैठकले ९ सदस्यीय राष्ट्रियसभा कार्यसञ्चालन नियमावली मस्यौदा समिति पनि गठन भएको छ।

समितिमा एमालेबाट ३, कांग्रेसबाट २, माओबादीबाट २, फोरमबाट १ र राजपा जना सदस्य छन्।  

समितिमा एमालेबाट गणेश तिमिल्सिना, परशुराम मेघी गुरुङ, दिल कुमारी रावल थापा रहेका छन् भने कांग्रेसबाट सुरेन्द्र पाण्डे र राधेश्याम अधिकारी रहेका छन्। 

यस्तै माओवादीबाट दीनानाथ शर्मा र जीवन बुढा रहेका छन् भने फोरमबाट प्रमिला कुमारी र राजपाबाट वृषेशचन्द्र लाल यादव रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell