PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

समयमै पुस्तक उपलब्ध गराउन नेविसंघको माग 



पहिलोपोस्ट

समयमै पुस्तक उपलब्ध गराउन नेविसंघको माग 

काठमाडौंः नेपाल विद्यार्थी संघले शैक्षिक सत्र शुरु हुँदा पनि पाठ्यपुस्तक नपाउने अवस्था बारम्बार दोहोरिएकाले यस वर्ष समयमै उपलब्ध गराउन माग गर्दै  जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको ध्यानाकर्षण गराएको छ। संघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा मंगलबार लिमिटेडको कार्यालय भक्तपुर पुगेर  जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडका निर्देशक सुजन नेपाललाई ध्यानाकर्षण पत्र बुझाएको हो।

विगतका वर्षमा पुस्तक छपाइमा ढिला हुँदा दुर्गमका जिल्लाहरुमा शैक्षिक सत्र शुरु भएको केही महिना पछि मात्रै पाठ्यपुस्तक पुग्ने गर्दा पठनपाठन प्रभावित हुँदै आएको छ। 

ज्ञापनपत्र बुझाउँदै महामन्त्री काफ्लेले समस्या आइसकेपछि गुनासो गर्नुको अर्थ नहुने भन्दै यसवर्ष समयसमै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुग्ने व्यवस्थाका लागि आफुहरुले ध्यानाकर्षण गराएको बताए। उनले विद्यार्थीहरुले शैक्षिक सत्र शुरु हुँदा पाठ्यपुस्तक नपाउने अवस्था दोहोरिन नदिन नेविसंघ सचेत रहेको बताए। “संसारले शिक्षाको क्षेत्रमा धेरै विकास गरिसकेको छ। हामी वर्षेनी पाठ्पुस्तक नपाएको गुनासोमै अल्झिएका छौं,” महामन्त्री काफ्लेले भने,“यसवर्ष समस्या नआओस भनेर हामी सचेत गराउन आएका छौं। ध्यान नदिई हामी कडा रुपमा प्रस्तुत हुन बाध्य हुनेछौं।”

नेविसंघले सार्वजनिक विद्यालय सुधार  (साविसु) अभियाननै चलाइरहेको छ। त्यस क्रममा विभिन्न जिल्लामा अन्तरक्रिया गर्दा पाठ्यपुस्तकको समस्याबारे गुनासो आएकाले जनक शिक्षामा ज्ञापनपत्र बुझाएको अभियानका संयोजक सुमनराज पाण्डेले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell