PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

ग्रिन टी भन्दै गाँजा तस्करी गर्ने गुरुङ पक्राउ



पहिलोपोस्ट

ग्रिन टी भन्दै गाँजा तस्करी गर्ने गुरुङ पक्राउ

काठमाडौं: ग्रिन टी भन्दै गाँजाको तस्करी गर्ने एकलाई प्रहरीले पक्राउ गरेको छ। लागु औषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले तनहुँको बन्दीपुर गाउँपालिका डाँडाछाप घर भएका ३५ वर्षीय देउबहादुर गुरुङलाई पक्राउ गरेको हो।

गुरुङले काठमाडौंको सुन्धारास्थित वैदेशिक हुलाक भन्सार कार्यालयको पार्सल निकासी  शाखाबाट अन्य व्यक्तिको परिचयपत्र प्रयोग गरी  हङकङ पठाउन लागेका थिए।

गुरुङले गोल्डेन रङको प्लाष्टिकको टल्कने प्याकेटमा  ग्रिन टी को स्टिकरको कलर फोटोकपी गरी उक्त प्याकेटहरुमा टाँसी गाँजा लुकाउको पाइएको हो। 
सात वटा प्याकेटमा रहेको एक किलो तीन सय ९० ग्राम गाँजा प्रहरीले बरामद गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell