PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

वर्ल्डकप क्वालिफायर : स्कटल्याण्डको लगातार दोस्रो जित, हङकङ ९१ रनमा अलआउट



पहिलोपोस्ट

वर्ल्डकप क्वालिफायर : स्कटल्याण्डको लगातार दोस्रो जित, हङकङ ९१ रनमा अलआउट
फोटो : आइसीसी

बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि स्कटल्याण्डले क्रिकेट वर्ल्डकप क्वालिफायरमा लगातार दोस्रो जित हात पारेको छ। समूह बी मा रहेको स्कटल्याण्डले हङकङलाई मंगलवार ४ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो। स्कटल्याण्डले पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको थियो।

बुलावायोमा टस जितेर स्कटल्याण्डले हङकङलाई पहिले ब्याटिङको निम्तो दिएको थियो। त्यसलाई बलरहरुले सही सावित गर्दा हङकङ ९१ रनमा अलआउट भयो।

हङकङका लागि निजाकात खानले २६ तथा अइजाज खानले १७ रन बनाए भने एहसान खान १६ रनमा नटआउट रहे। अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्। हङकङलाई ३८.२ ओभरमा अलआउट गर्न स्कटल्याण्डका टम सोलेले ४ तथा एलासदायर इभान्सले ३ विकेट लिए। १० ओभर बलिङ गरेका सोलेले ५ मेडन राख्दै १५ रन मात्र खर्चेर ४ विकेट लिएका हुन्।

जवाफमा स्कटल्याण्डले २३.३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। स्कटल्याण्डको जितमा कप्तान केल कोत्जरले नटआउट रहदै सर्वाधिक ४१ रन बनाए। यस्तै जर्ज मुनसले २२ रनको योगदान गरे।

बलिङमा हङकङका एहसान खानले ३ तथा एहसान नवाजले २ विकेट लिए।

लगातार दुई जितपछि ४ अंक जोडेको स्कटल्याण्ड समूह बी को शीर्ष स्थानमा छ। पराजित नेपाल, हङकङ र अफगानिस्तान अंकविहिन छन्। आजै अफगानिस्तानले घरेलु टोली जिम्बावेसँग खेलिरहेको छ।

अब स्कटल्याण्डले तेस्रो खेलमा बिहीवार नेपालसँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell