PahiloPost

Jun 15, 2026 | १ असार २०८३

कान्तिपुरको मुद्दा पूर्ण इजलासमा सर्‍यो



पहिलोपोस्ट

कान्तिपुरको मुद्दा पूर्ण इजलासमा सर्‍यो

काठमाडौं: अदालतको अपहेलना गरेको भन्दै कान्तिपुर मिडिया ग्रुपविरुद्ध परेकाे मुद्दाको सुनुवाइ सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासमा हुने भएको छ।

मंगलबार न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको संयुक्त इजलासले मुद्दाको सुनुवाइ पूर्ण वा बृहत् पूर्ण इजलासले गर्ने आदेश दिएको हो। मंगलबार बयान सकिएपछि संयुक्त इजलासले विपक्षीको बयान तथा तत्काल प्राप्त प्रमाण समेत हेरी गम्भीर विषय सामेल भएको भन्दै मुद्दा तीनभन्दा बढी न्यायाधीश सम्मिलित इजलासमा पेश गर्न आदेश गरेको हो।  

मंगलबार कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, प्रधान सम्पादक सुधीर शर्मालगायतले अदालतमा बयान दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell