PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

११ राष्ट्रविरुद्ध शतक प्रहार गर्ने तेस्रो खेलाडी बने क्रिस गेल



पहिलोपोस्ट

११ राष्ट्रविरुद्ध शतक प्रहार गर्ने तेस्रो खेलाडी बने क्रिस गेल
फोटो : आइसीसी

वेष्ट इन्डिजका क्रिस गेल ११ फरक राष्ट्रविरुद्ध शतक प्रहार गर्ने तेस्रो खेलाडी बनेका छन्। आइसीसी क्रिकेट वर्ल्डकप क्वालिफायर अन्तर्गत मंगलबार युएईविरुद्ध १२३ रन प्रहार गर्दै गेलले उक्त उपलब्धि हासिल गरेका हुन्। यसअघि साउथ अफ्रिकाका हसिम अमला र भारतका सचिन तेन्दुलकरले सफलता हात पारिसकेका छन्।

जिम्बावेमा भइरहेको क्वालिफायरमा गेलले ९१ बल खेल्दै ७ चौका र ११ छक्का प्रहार गरे। गेलको एक दिवसीय क्रिकेटमा २३औँ शतक हो। गेलले यसअघि बंगलादेश, क्यानडा, इंग्लयाण्ड, भारत, केन्या, न्यूजिल्याण्ड, पाकिस्तान, साउथ अफ्रिका, श्रीलंका र जिम्बावेविरुद्ध शतक प्रहार गरिसकेका छन्।

यसैगरी वान डे मा २६ शतक प्रहार गरिसकेका अमलाले अष्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, भारत, आयरल्याण्ड, नेदरल्याण्ड्स, न्यूजिल्याण्ड, पाकिस्तान, श्रीलंका, वेष्ट इन्डिज, जिम्बावेविरुद्ध शतक हानिसकेका छन् भने तेन्दुलकरले अष्ट्रेलिया, बंगलादेश, इंगल्याण्ड, केन्या, नामिबिया, न्यूजिल्याण्ड, पाकिस्तान, साउथ अफ्रिका, श्रीलंका, वेष्ट इन्डिज र जिम्बावेविरुद्ध शतक प्रहार गरेका छन्। सन्यास लिइसकेका तेन्दुरलकरले वान डे मा सर्वाधिक ४९ शतक प्रहार गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell