PahiloPost

Nov 11, 2025 | २६ कात्तिक २०८२

गोविन्द केसीलाई तीन दिनभित्र अदालतमा उपस्थित हुन प्रधानन्यायाधीश गोपाल पराजुलीको आदेश



रासस

गोविन्द केसीलाई तीन दिनभित्र अदालतमा उपस्थित हुन प्रधानन्यायाधीश गोपाल पराजुलीको आदेश

काठमाडौँः सर्वोच्च अदालतले वरिष्ठ चिकित्सक डा गोविन्द केसीलाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा तीन दिनभित्र अदालतमा उपस्थित हुन आदेश गरेको छ। 

प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले अवहेलना मुद्दामा डा केसीलाई अदालत उपस्थित हुन आदेश जारी गरेको हो। 

डा केसीले प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रको विषयमा दिएको अभिव्यक्ति अर्मादित, अशिष्ट, अशोभनीय भएको भन्दै आदेशमा भनिएको छ, ‘तँपाईले प्रयोग गरेका शब्दले अदालतको अवहेलना हुने खालको छ कि छैन, तीनदिनभित्र अदालतमा उपस्थित भएर जवाफ दिनुस्।’ 

डा केसीले प्रधानन्यायाधीशको राजीनामा माग्ने शव्द प्रयोग गर्दा अदालतको अवहेलना भएको उल्लेख गर्दै गोविन्द बोहोराले यही फागुन १६ गते अवहेलना मुद्दा दायर गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell