PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

च्याम्पियन्स लिग : रियल मड्रिड र लिभरपुल क्वाटरफाइनलमा



पहिलोपोस्ट

च्याम्पियन्स लिग : रियल मड्रिड र लिभरपुल क्वाटरफाइनलमा

स्पानिस जायन्ट रियल मड्रिड र इंगलिस क्लब लिभरपुल युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। रियलले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई समग्रमा ५-२ ले पराजित गर्‍यो।

घरेलु मैदानमा भएको पहिलो लेगमा ३-१ ले विजयी भएको रियलले दोस्रो लेगमा पीएसजीलाई उसैको मैदानमा २-१ ले पराजित गरेको हो।

रियलको जितमा क्रिस्टियानो रोनाल्डो र कासेमिरोले गोल गरे भने पीएसजीका लागि एडिनसन कभानीले एक गोल फर्काए। ६६औँ मिनेटमा मार्को भेराट्टी रातो (दोहोरो पहेँलो) कार्ड खाँदै मैदान बाहिरिएपछि पीएसजी दश खेलाडीमा झरेको थियो।

उता दोस्रो लेगमा पोर्टोसँग गोलरहित बराबरीमा रोकिएपनि पहिलो लेगमा ५-० को जित हात पारेको लिभरपुल पोर्टोलाई ५-० ले नै पराजित गर्दै क्वाटरफाइनल पुगेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell