PahiloPost

Jun 15, 2026 | १ असार २०८३

करेन्ट लागेर एकको मृत्यु



पहिलोपोस्ट

करेन्ट लागेर एकको मृत्यु
प्रतीकात्मक तस्वीर

गौशालाः महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–४, सुगा गाउँमा मंगलबार साँझ करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जलेश्वर नगरपालिका–४ सुगा बस्ने ६० वर्षीय सुरेश मिश्र रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

मंगलबार साँझ आफ्नै गाउँ भएर जाने जलेश्वर–मटिहानी सडकखण्डको छेउमै रहेको पसलअगाडि धुलो उडिरहेको भन्दै पसलको पछाडि रहेको बिजुलीको मोटरबाट पानी छर्किन बिजुलीमा मोटर जडान गर्न गएका मिश्रको सोही मोटरमा बिजुलीको प्रवाह भई उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरी उपरीक्षक कुबेर कडायतले बताए।

मिश्रको शवपरीक्षणका लागि गएराति नै जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell