PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

राष्ट्रपति भण्डारी उम्मेदवारी दिन आफैं उपस्थित हुने



पहिलोपोस्ट

राष्ट्रपति भण्डारी उम्मेदवारी दिन आफैं उपस्थित हुने

काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपति पदको उम्मेदवारी दिन आफैं अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जाने भएकी छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार बिहान १० देखि दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयन हुँदैछ।  

राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले राष्ट्रपति भण्डारी स्वयंम मनोनयनका लागि जाने जानकारी दिए। बिहान ११ः४५ मा शितलनिवासबाट मनोनयनका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र प्रस्थान हुने कार्यक्रम रहेको शर्माले बताए।

निकै रस्साकस्सीबीच भण्डारीलाई दोस्रो कार्यकालका लागि राष्ट्रपति बनाउने निर्णय मंगलबार मध्यरातमा एमाले स्थायी समितिले गरेको थियो। भण्डारीसँगै पूर्व अध्यक्ष झलनाथ खनालले पनि राष्ट्रपतिमा दावी गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell