PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

कांग्रेसले छान्यो राष्ट्रपति उम्मेदवारः विद्या भण्डारीसँग कुमारी लक्ष्मी राई भिड्ने



पहिलोपोस्ट

कांग्रेसले छान्यो राष्ट्रपति उम्मेदवारः विद्या भण्डारीसँग कुमारी लक्ष्मी राई भिड्ने

काठमाडौँः नेपाली कांग्रेसले राष्ट्रपतिमा पूर्व सांसद् कुमारी लक्ष्मी राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले राईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। राई दोस्रो संविधानसभामा समानुपातिक सांसद् थिइन्। 

राईले बिहान ११ बजे मनोनयन गर्ने पार्टी कार्यालय सचिव प्रदीप पराजुलीले जानकारी दिए। राष्ट्रपतिका लागि आज  बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयनको समय तोकिएको छ। फागुन २९ गते निर्वचन हुनेछ।

कांग्रेस बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला तथा संसदीय दलका उपनेता समेत रहेका विजयकुमार गच्छदार लगायतको उपस्थिति थियो। वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, गगन थापा लगायतको भने बैठकमा उपस्थिति थिएन। 

वाम गठबन्धनले वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई नै निरन्तरता दिने निर्णय गरेको छ। राष्ट्रपति भण्डारी र राई दुवै भोजपुरका हुन्। भण्डारी स्वयंम उपस्‍थित भएर मनोनयन गर्ने कार्यक्रम रहेको छ। 

    



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell