PahiloPost

Jun 15, 2026 | १ असार २०८३

उपत्यकामा ठूलो परिमाणमा लागूऔषध बरामद, दुर्इ भारतीयसहित चार पक्राउ



पहिलोपोस्ट

उपत्यकामा ठूलो परिमाणमा लागूऔषध बरामद, दुर्इ भारतीयसहित चार पक्राउ
फोटो फाइल

काठमाडौँः  राजधानीका विभिन्न स्थानमा प्रहरीले ठूलो परिणामा लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीले दुर्इ भारतीय नागरिकसहित चार जनालार्इ पक्राउ गरेको हो।

महानगरीय प्रहरी बृत जनसेवाले जैसीदेवलबाट एक भारतीयसहित तीन जनालार्इ लागुऔषधसहित पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा भारत दरभङ्गाका मोहमद रुजादिन, नुवाकोटका सुनील घिमिरे र विगु रार्इ रहेका छन्। 

उनीहरुको साथबाट १९ सय एम्पुल सेट बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन कुमार थापाले जानकारी दिए। 

त्यस्तै, महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले ४ सय ९२ एम्पुल, फेनार्गन ५०० र डाइजाल्याव ५०० एम्पुलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell