PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

राष्ट्रपतिमा कांग्रेस उम्मेदवार राईको उम्मेदवारी दर्ता



पहिलोपोस्ट

राष्ट्रपतिमा कांग्रेस उम्मेदवार राईको उम्मेदवारी दर्ता

काठमाडौंः राष्ट्रपति पदको निर्वाचनको लागि पूर्व सांसद् तथा नेपाली कांग्रेसकी नेतृ कुमारी लक्ष्मी राईले आफ्नो उम्मेदवारी दर्ता गराएकी छिन्।

संघीय संसद भवन परिसर नयाँ बानेश्वर पुगेर नेतृ राईले उम्मेद्वारी दर्ता गराएको हुन्। राईको उम्मेदवारीको प्रस्तावकमा  चित्रलेखा यादव मान बहादुर विश्वकर्मा पार्वता डिसी चौधरी देवेन्द्रराज कँडेल , सुरेन्द्रराज पाण्डे रहेका छन्।

यस्तै समर्थकमा सरिता प्रसाईँ,  शिवचन्द्र चौधरी, सुजता परियार,  र राधा घले रहेका छन्।

बुधबार बिहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले राईलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। राई दोस्रो संविधानसभामा समानुपातिक सांसद् थिइन्।

राष्ट्रपतिका लागि आज  बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयनको समय तोकिएको छ। फागुन २९ गते निर्वचन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell