PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

ओमानमा अलपत्र परेका ११ नेपाली स्वदेश फर्किए



पहिलोपोस्ट

ओमानमा अलपत्र परेका ११ नेपाली स्वदेश फर्किए
फोटोः नेपाली राजदुतावास, मस्कट

काठमाडौँः ओमानमा अलपत्र परेका ११ जना नेपालीलाई उद्दार गरी स्वदेश फिर्ता पठाइएको छ। ओमानको सोहारस्थित मुवार्दा वाडी बी मोर्डन ट्रेडमा अनेष्टि ओभसिजबाट कामका लागि पुगेका उनीहरुले करारमा सम्झौता बमोजिमक सुविधा नपाएर दुःख पाएका थिए। 

सो कम्पनीमा पुगेका २० जना नेपालीले करार सम्झौता बमोजिम सुविधा नपाएको भन्दै दुतावासमा नेपाल फिर्तीका लागि सहयोग गर्ने आग्रह गरेका थिए। जसमध्ये मस्कटस्थित नेपाली दुतावासले ११ जनालाई स्वदेश फिर्ता गरेको हो। 

उनीहरुलाई कम्पनीले तोकिएको स्थान भन्दा करिब १६५ किलोमिटर दुरीको बर्का भन्ने स्थानमा अवलत्र अवस्थामा राखेको थियो। अलपत्र नेपालीलार्इ नेपाली दुतावासले सोही स्थानबाट उद्दार गरेको थियो । 

समस्या समाधानका लागि कम्पनीसँग पटक पटक आग्रह गरे पनि समस्या समाधान नभएपछि नेपाल फिर्ता पठाएको विज्ञप्ति जारी गर्दै जनाएको छ। 

त्यस्तै नेपाली कामदारलाई अलपत्र पार्ने सो कम्पनीलाई कानुन बमोजिम कारवाही गर्न त्यहाँको सरकारलाई सिफारिस सहित पत्राचार गरिएको दुतावासले जनाएको छ। 

उद्दार गरिएका २० मध्ये ११ कामदारलाई आवश्यक प्रक्रिया पूरा गरी नेपाल फकाईएको हो। भने बाँकी ९ नेपालीलाई आवश्यक प्रक्रिया पूरा गरी नेपाल फकाईने दुतावासले जनाएको छ। 

दुतावासले पहिलो चरणमा रविन्द्र कुमार चौधरी, बसन्त गिरी, रेशम कुँवर, शेरबहादुर खत्री क्षेत्री, कुमार चौहान क्षेत्री, रत्नजंग राई, खीमबहादुर थापा मगर, गोकर्ण त्रिपाठी, राम ललित कुमार यादव, थके बूढा र यमबहादुर चौहानलाई नेपाल फिर्ता पठाएको हो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell