PahiloPost

Jun 15, 2026 | १ असार २०८३

प्रधानमन्त्री ओली र मन्त्रीहरुको उपस्थितमा राष्ट्रपतिमा भण्डारीको उम्मदेवारी दर्ता



पहिलोपोस्ट

प्रधानमन्त्री ओली र मन्त्रीहरुको उपस्थितमा राष्ट्रपतिमा भण्डारीको उम्मदेवारी दर्ता

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएकी छिन्। राष्ट्रपतिका साथमा प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री  ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादललगायत उम्मेदवारी दर्तामा पुगेका थिए।

यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि भण्डारीले आज उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन्। भण्डारीको प्रस्तावकमा सांसद माधवकुमार नेपाल, भीमबहादुर रावल, सुवास नेम्वाङ, ईश्वर पोखरेल र ओनसरी घर्ती तथा समर्थकमा सांसद रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, गोकर्णराज विष्ट, भानुभक्त ढकाल र रवीन्द्र अधिकारी छन्।
 
राष्ट्रपति भण्डारीले आफैँ निर्वाचन अधिकृतको कार्यालय पुगी उम्मेदवारी दर्ता गराएकी हुन्। राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन नयाँ बानेश्वर परिसरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। नेकपा (एमाले) ले मंगलबार वर्तमान राष्ट्रपति भण्डारीलाई नै पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell