PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

'शत्रु गते' प्रचारका लागि मह मोफसल यात्रा



पहिलोपोस्ट

'शत्रु गते' प्रचारका लागि मह मोफसल यात्रा

काठमाडौं: फिल्म ’शत्रु गते’ युनिट मोफसल टुरमा निस्कने भएको छ। फिल्म प्रचारप्रसारलाई तिब्र बनाएको फिल्म युनिटले दर्शक तथा सञ्चारकर्मीसँग भेटघाट गर्ने उदेश्यले यात्रा सुरु गर्ने भएको हो। 'मह शत्रु गते यात्रा २०७४’ नाम दिइएको यात्रामा कलाकार हरिवंश आचार्य, किरण केसी, शिवहरी पौडेल, पल शाह, आँचल शर्मा र जुनु रिजाल काफ्ले रहनेछन्।

टुरमा स्थानीय दर्शकमाँझ कार्यक्रम प्रस्तुत गरिनेछ। २३ गतेदेखि ३० गतेसम्म चल्ने टुर २३ गते हेटौंडामा, २४ गते नारायणगढमा, २५ गते बुटवलमा, २६ गते पोखरामा, २८ गते बिर्तामोडमा, २९ गते दमकमा र ३० गते इटहरीमा हुने बताइएको छ।

मह सञ्चारको ब्यनारमा निर्मित फिल्मलाई प्रदिप भट्टराईले निर्देशन गरेका हुन्। किरण केसीले प्रस्तुत गरेको फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ भने पटकथा निर्देशक भट्टराई र दीपकराज गिरीले संयुक्त रुपमा लेखेका हुन्।

यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन्। फिल्म चैत्र ९ मा रिलिज हुनेछ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell