PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

राष्ट्रपतिमा उम्मेदवारी दिएपछि लक्ष्मी राईले भनिन् - अहिले नै 'हार्नुहुन्छ' भन्नु चाहिँ बेकुफी हो



नेत्र तामाङ

राष्ट्रपतिमा उम्मेदवारी दिएपछि लक्ष्मी राईले भनिन् - अहिले नै 'हार्नुहुन्छ' भन्नु चाहिँ बेकुफी हो

काठमाडौं: राष्ट्रपतिमा उम्मेदवारी दिएपछि नेपाली कांग्रेसकी कुमारी लक्ष्मी राईले आफूले हार्छु भनेर उम्मेदवारी नदिएको स्पष्ट पारेकी छिन्।
संविधानसभा भवन नजिकैको राष्ट्रपति निर्वाचन कार्यालयमा उम्मेद्वारी दर्ता गरेलगत्तै पत्रकारहरुसँग कुराकानी गर्दै राईले उक्त भनाई राखेकी हुन्।

मत कम छ। हार्ने पक्का हुँदाहुँदै उम्मेदवारी किन? पत्रकारको प्रश्नको जवाफमा उनले भनिन्, 'यहाँ छिनमै के हुन्छ। छिनमै के हुन्छ। तपाईहरुले अहिले नै हार्छु भन्नुचाँहि बेकुफी मात्र हो।'

आफूले प्रजातान्त्रिक अभ्यासका लागि उम्मेदवारी दिएको राईको तर्क थियो। राईले आफ्नो उम्मेदवारी विकास र समृद्धिका लागि भएकोसमेत बताइन्।

यही फागुन २९ गते हुने राष्ट्रपतिको राईले आज उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन्। राईका प्रस्तावकमा सांसद चित्रलेखा यादव, मानबहादुर विक, पार्वता डिसी चौधरी, देवेन्द्रराज कँडेल र सुरेन्द्रराज पाण्डे तथा समर्थकमा सांसद मेखलाल श्रेष्ठ, शिवचन्द्र चौधरी, सरिता प्रसाईं, सुजाता परियार र राधा घले छन्। 

काँग्रेसको आजै बसेको केन्द्रीय कार्यसमिति बैठकले राईलाई पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो। राईको उम्मेदवारी मनोनयनका क्रममा पार्टीका तर्फबाट महामन्त्री डा शशाङ्क कोइराला, नेता डा मीनेन्द्र रिजाल, चित्रलेखा यादव, बद्री पाण्डेलगायतको उपस्थित थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell