PahiloPost

Jun 15, 2026 | १ असार २०८३

'मधेशी पुत्र २' एकसाथ ३५ हलमा



पहिलोपोस्ट

'मधेशी पुत्र २' एकसाथ ३५ हलमा

काठमाडौं : नेपालमा पहिलोपटक मधेशबाट फिल्म सार्वजनिक हुने भएको छ। चैत ९ गतेबाट फिल्म 'मधेशी पुत्र २' प्रदर्शनमा आउने भएको हो।

नेपाली र भोजपुरी दुवैै भाषामा प्रदर्शनमा आउने फिल्मले सामाजिक र राजनीतिक विषय उठान गरेको छ। विशेष गरी मधेस आन्दोलनको कथा उठाएको यस फिल्मलाई निराजन कुमार मेहेताले निर्देशन गरेका हुन्।

भोजपुरी फिल्मको इतिहासमा पहिलो पटक मधेशको कथा भएको फिल्म बनेको निर्देशकको दाबी छ।

देशभर करिब ३५ भन्दा बढी सिनेमाघरबाट प्रदर्शनमा आउने यस फिल्म अनुराग फिल्म्सको सातौं प्रस्तुति हो। सप्तरी, सिरहा, धनुषा र भैरहवा लगायतका स्थानमा छायांकन गरिएको फिल्ममा नायक तथा निर्देशक निराजन कुमार मेहेता, निता घिमिरे, धुव्र कोइराला, प्रवीनलाल यादव, मनोजराज देव यादव, उषा पाण्डेलगायतकाको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell