PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

पूराना फिल्म संरक्षणका लागि बोर्डले सुरु गर्ने भयो डिजिटाइजेशन



पहिलोपोस्ट

पूराना फिल्म संरक्षणका लागि बोर्डले सुरु गर्ने भयो डिजिटाइजेशन

काठमाडौं: नेपाल चलचित्र विकास वोर्डले पूराना नेपाली फिल्म संरक्षण र सुरक्षाका लागि डिजिटाइजेशन तथा रेष्टोरेसन गर्ने भएको छ।

निकिता पौडेलको अध्यक्षतामा बसेको बैठकले यस्तो योजनाको निर्णय गरेको हो। निर्णयले सबैभन्दा पहिलो नेपाली फिल्म आमासहित १२ वटा फिल्मलाई पहिलो चरणमा डिजिटाइजेशन गर्नेछ। प्रक्रियाका लागि वोर्डले समिति समेत गठन गरेको छ।

डिजिटाइजेशन भनेको पूराना रिल प्रविधिबाट बनेका चलचित्रहरू खुइलेर जानसक्ने भएकोले त्यसलाई नयाँ डिजिटल प्रविधिमा रूपान्तर गरी संरक्षण गर्ने विधि हो। यसबाट पूराना फिल्मलाई आधुनिक प्रविधिमार्फत हेर्न सकिनेछ। डिजिटाइजेशन भएपछि सबै १६ एम्एम् र ३५ एम्एम् का फिल्महरु २ के र ४ के फर्म्याटमा ल्याइने जानकारी दिइयो। साथै फिल्म संग्रहालयको पनि स्थापना गर्ने प्रक्रिया थालनी भएको वोर्डले जनाएको छ।

आगामी असार १६ गते चलचित्र विकास वोर्डको वार्षिकोत्सवमा नेपाली चलचित्रको निमार्ण, उत्पादन शुरु भएको ५० वर्ष नाघेको स्वर्णकालको उपलक्ष्यमा सप्ताव्यापी महोत्सव आयोजना गरी डिजिटालाइज्ड फिल्म प्रदर्शन गरिने अध्यक्ष निकिता पौडेलले बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell