PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

शपथको विषयलाई लिएर प्रम ओलीविरुद्ध सर्वोच्चमा रिट



पहिलोपोस्ट

शपथको विषयलाई लिएर प्रम ओलीविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं : प्रधान मन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। 

बुधवार ओली विरुद्ध संघीय संसदको पद तथा गोपनियताको सपथ नै नलिई प्रधान मन्त्री भएको भन्दै उनको पद बदरको मागसहित रिट परेको हो। यज्ञमणि न्यौपानेले रिट दायर गरेका हुन्। अदालतले शुक्रवारको लागि पेशी तोकेको छ। 

प्रतिनिधि सभामा निर्वाचित सांसदले गत आइतवार सपथ ग्रहण गरे पनि प्रधान मन्त्री केपी शर्मा ओली फाल्गुन ३ गते प्रधान मन्त्री नियुक्त भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell