PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

दोस्रो युनिभर्सिटी क्रिकेट कप शुक्रवारदेखि, १६ टिमले प्रतिस्पर्धा गर्ने



पहिलोपोस्ट

दोस्रो युनिभर्सिटी क्रिकेट कप शुक्रवारदेखि, १६ टिमले प्रतिस्पर्धा गर्ने

काठमाडौं : युनिभर्सिटी क्रिकेट क्लबको आयोजनामा दोस्रो युनिभर्सिटी क्रिकेट कप यही शुक्रवारबाट सुरु हुँदैछ। आयोजकले बुधवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन २५ देखि चैत ३ गतेसम्म हुने जानकारी गराएको हो।

टी-२० फर्म्याटमा हुने प्रतियोगितामा विभिन्न कलेज र युनिभर्सिटीका गरी कूल १६ टोलीको सहभागिता रहनेछ। त्रिभुवन युनिभर्सिटीको ए र बी गरी २ तथा अन्य १४ कलेजले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको विजेताले नगद २ लाख र ट्रफी हात पार्नेछ भने उपविजेताले १ लाख पाउनेछन्।

यस्तै उत्कृष्ट खेलाडीले २५ हजार र ट्रफी तथा बेस्ट बलर र बेस्ट ब्याट्सम्यानले समान १० हजार हात पार्नेछन्।

प्रत्येक खेलको म्यान अफ दि म्याचले एक्सटेपको तर्फबाट ५ हजार बराबरको जुत्ता तथा नेपाल टेलिकमको तर्फबाट १ हजार पाउनेछन्।

कलेज तहमा रहेका खेलाडीहरुलाई राम्रो प्रतियोगिताको माध्यमबाट राष्ट्रिय स्तरसम्म पुर्‍याउन सहयोग पुगोस् भन्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा कलेजमा भर्ना भएका बाहेक राष्ट्रिय स्तरका खेलाडीहरुले समेत खेल्न पाउने आयोजक क्लबका सुदिप शर्माले बताए।

प्रतियोगितालाई गोल्डेनगेट इन्टरनेशनल कलेजले मुख्य प्रायोजन गरेको छ भने मोडल ग्लोबल भिजा कन्सलटेन्सी र मदन भण्डारी स्पोर्ट्स एकेडेमीले पनि सहयोग गरेको छ।

 

सहभागि कलेज तथा युनिभर्सिटी

गोल्डेन गेट इन्टरनेशनल कलेज

त्रिभुवन युनिभर्सिटी (ए)

त्रिभुवन युनिभर्सिटी (बी)

सेन्ट जेभिएर कलेज

कसमस कलेज

नेपाल कमर्स क्याम्पस एनसीसी

डिएभी कलेज अफ म्यानेजमेन्ट

ट्रिटन कलेज

शंकरदेव क्याम्पस

क्यारेबियन कलेज

ओमेगा कलेज

युनिग्लोब कलेज

के एण्ड के कलेज

न्यु समित कलेज

बन कलेज

जनता हाइअर सेकेण्डरी स्कुल

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell