काठमाडौं : राष्ट्रपति निर्वाचनमा विद्यादेवी भण्डारीलाई संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले समर्थन गर्ने भएका छन्। नेकपा एमाले, नेकपा माओवादी केन्द्रसँगै दुई मधेश केन्द्रित दलसमेत पक्षमा उभिएपछि भण्डारीका पक्षमा दुई तिहाई मतभार कट्ने भएको छ।
नेकपा एमालेले राष्ट्रपति भण्डारीलाई पुन: राष्ट्रपतिमा मनोनयन गर्ने निर्णय मध्यरातमा गरेको थियो। हिजो बसेको पार्टी स्थायी समिति बैठकमा चर्को बहसपछि भण्डारीलाई नै राष्ट्रपतिमा दोहर्याउने निर्णय भएको हो।
आज राष्ट्रपति भण्डारी आफै उपस्थित भएर मनोनयन दर्ता गरेकी छिन्। उनको पक्षमा प्रस्तावक र समर्थक बस्न राजपा र फोरम दुवै तयार भए पनि मनोनयनपछिमात्र सम्पर्कमा आएका थिए।
यही २९ गते नयाँ राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ। राष्ट्रपति हुनका लागि ५० प्रतिशत मतभार कटाउनुपर्छ।
हेर्नुस् कुन दलको कति छ मतभार