PahiloPost

Jun 15, 2026 | १ असार २०८३

दोस्रोपटक उम्मेद्वारी केका लागि? राष्ट्रपति भण्डारीले भनिन्: मैले संविधानको मर्मअनुसार राम्रो काम गरेकी छु



पहिलोपोस्ट

दोस्रोपटक उम्मेद्वारी केका लागि? राष्ट्रपति भण्डारीले भनिन्: मैले संविधानको मर्मअनुसार राम्रो काम गरेकी छु

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले संविधानको मर्मअनुसार राम्रो काम गरेको दाबी गरेकी छिन्।

आज राष्ट्रपतिमा मनोनयन दर्ता गरेपछि सञ्चारकर्मीको जिज्ञासामा राष्ट्रपतिले उक्त प्रतिक्रिया दिएकी हुन्।

दोस्रोपटक राष्ट्रपतिमा उम्मेदवारी किन? प्रश्नको जवाफमा राष्ट्रपति भण्डारीले भनिन्, 'मैले नयाँ संविधान जारी भएपछिको पहिलो राष्ट्रपतिको निर्वाचनको लागि उम्मेदवारी दिएको छु। देशको हितलाई सर्वोपरी राखेर नेपालको संविधानको मुल भावना र मर्मअनुसार मैले राम्रो काम गरेको छु भन्ने मलाई विश्वास छ। यहाँहरुले मुल्याङकन गर्नुनै हुनेछ।'

नेकपा एमाले र माओवादी केन्द्रको उम्मेदवारको रुपमा उम्मेदवारी मनोनयनमा पुगेकी भण्डारीले आफूले उम्मेदवारी दिएपछि धेरै राजनीतिक दलहरुले समर्थन गरेको बताएकी छन्।

'राष्ट्रपतिको भूमिका तटस्थ भएन भन्ने कांग्रेसको आरोप छ नि?' सञ्चारकर्मीको प्रश्नको जवाफमा भण्डारीले भनिन्, 'यो कसैकसैको आरोप हो, मैले जे गरेको छु, देशका लागि खुला किताबजस्तो छ। यथार्थ कुरा बाहिरी आँखाले मात्र होइन, भित्रको आँखाले मूल्यांकन गर्न आवश्यक ठान्छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell