PahiloPost

Jun 15, 2026 | १ असार २०८३

मिस्टर इन्टरनेसनलमा नेपालको पहिलो सहभागिता, साजिद अलामले गर्दै छन् प्रतिनिधित्व



पहिलोपोस्ट

मिस्टर इन्टरनेसनलमा नेपालको पहिलो सहभागिता, साजिद अलामले गर्दै छन् प्रतिनिधित्व

काठमाडौं: पुरुष सौन्दर्य प्रतियोगिता 'मिस्टर इन्टरनेसनल'मा पहिलोपटक नेपालले सहभागिता जनाउने भएको छ। नेपालको लागि बिराटनगरका साजिद अलामले प्रतिनिधित्व गर्ने भएका हुन्। उनी मिस्टर इन्टरनेसनल २०१८ का शीर्ष विजेता हुन् भने म्यान हन्ट नेपाल २०१८ का सेकेन्ड रनर्स अप हुन्।

मिस्टर इन्टरनेसनल २०१८ प्रतियोगिताको १२ औं संस्करण हो। तर नेपालको लागि भने चाहिं यो प्रतिनिधित्वको पहिलो अवसर हो। नेपालका लागि उक्त सौन्दर्य प्रतियोगिताको फ्रेन्चाइज साजिद स्वयंमको व्यक्तिगत पहलबाट भित्रिएको हो। उनले भने,'यस्ता अन्तराष्ट्रिय प्याजेन्टमा सहभागिता जनाउन पाउनु ठूलो अवसर हो। सँगै आफैले यसको फ्रेन्चाइज नेपालमा ल्याउनु चुनौती र गर्व एकसाथ महसुस हुने रहेछ।'

योपटक प्रतियोगिता म्यानमारको नेसनल थिएटर अफ यागोनमा हुँदैछ। अप्रिल ३० को दिन हुने फिनालेमा ३० प्रतिस्पर्धी हुनेछन्। विजेतालाई मिस्टर इन्टरनेसनल २०१७ पल इस्कन्दरले ताज पहिराउने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell