PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

बेलायतमा नेपाली सांस्कृतिक कार्यक्रम, जाँदैछन् यी कलाकार



पहिलोपोस्ट

बेलायतमा नेपाली सांस्कृतिक कार्यक्रम, जाँदैछन् यी कलाकार

बेलायतको थर्ड आइ टिमले नेपाली सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। नेपाली फिल्मको विविध विधामा अवार्ड वितरण गर्दै आएको थर्ड आइ टिमले ‘रुम्झाटार गुम्बा च्यारिटी नाइट २०१८’ आयोजना गर्ने भएको हो।

कार्यक्रम मार्च १७ तारिखमा बेलायतको हाइस्ट्रिट एल्डरसट ह्याम्पसायरमा हुनेछ। उक्त कार्यक्रमको लागि नेपाली कलाकारको जम्बो टोली बेलायत जाँदैछ।

कार्यक्रममा आनन्द कार्की, मीरा राणा, सुकमित गुरुङ, मीनादेवी निरौला पोखरेल, राजु राजबाहक, सरु थापा, रवि डंगोल, श्याम अर्याल, नम्रता योगी र मौशमी गुरुङ लगायत कलाकारले प्रस्तुति दिनेछन्।

थर्ड आइले गत वर्ष लण्डनमा ‘दशौं बक्स अफिस फिल्म फेयर अवार्ड २०१७ लण्डन’ आयोजना गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell