PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

महिला टी-२० क्रिकेट लिग : एपीएफ र आरसीडब्लु विजयी



पहिलोपोस्ट

महिला टी-२० क्रिकेट लिग : एपीएफ र आरसीडब्लु विजयी
एपीएफकी सरीता मगर

चितवन : राइजिङ क्रिकेट फर वुमन (आरसिडब्लु)को आयोजनामा बुधवारबाट सुरु भएको महिला टी-२० क्रिकेट लिगमा विभागीय टोली एपीएफ र आयोजक आरसिडब्लुले वियजी सुरुवात गरेका छन्।

चितवनको टाँडीस्थित नेपाल माध्यमिक विद्यालयको क्रिकेट मैदानमा बुधवार भएको पहिलो खेलमा एपीएफले मिलन क्रिकेट एकेडेमीलाई ३ विकेटले हरायो। टस जितेर पहिले ब्याटिङ गरेको मिलन क्रिकेट एकेडेमीले १५ ओभरमा छोट्टाइएको खेलमा ४ विकेट गुमाएर ८९ रन बनाएको थियो। मिलन क्रिकेट एकेडेमीको लागि कप्तान रुविना क्षेत्रीले नटआउट ४६ रन बनाइन् भने कविता जोशीले १३ रन जोडिन् बलिङमा एपीएफकी करुणा भण्डारीले २ विकेट लिइन्।

जवाफमा ९० रनको लक्ष्य एपीएफले ७ विकेट गुमाएर पुरा गर्‍यो। एपीएफको जितमा सरीता मगरले सर्वाधिक ३० रन बनाइन् भने सीता राना मगरले १४ तथा करुण भण्डारीले ११ रनको योगदान गरिन्।

बलिङमा कप्तान रुविना र शान्ती चौधरीले समान २ विकेट लिएपनि टिमलाई जिताउन सकेनन्। अलरउण्ड प्रदर्शन गरेकी रुविना म्यान अफ दि वुमन घोषित भइन्।

आरसीडब्लुकी ममता चौधरी ब्याटिङ गर्दै

यस्तै १२ ओभरमा घटाइएको दिनको दोस्रो खेलमा आरसिडब्लुले भारतीय टोली एडब्लुटिसिएलाई ३७ रनले हरायो। खेलमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले १ विकेट गुमाएर ११९ रन बनाएको थियो। आरसिडब्लुका लागि ममता चौधरीले ४७ तथा वर्षा रानाले ३८ रन बनाइन्। दुवै खेलाडी नटआउट रहे। लक्ष्मी चौधरीले १५ रन बनाइन्।

१२० रनको लक्ष्य पछ्याएको भारतीय टोलीले २ विकेट गुमाएर ८२ रन बनाउन सक्यो। भारतीय टोलीका लागि कनिका पालले ४० तथा सुनिताले २८ रन बनाएपनि टिमलाई जिताउन सकेनन्।

बलिङमा आरसिडब्लुका लागि अस्मिना कर्माचार्य र सोमु विष्टले १-१ विकेट लिइन्।

खेलमा आरसिडब्लुकी ममता वुमन अफ दि म्याच घोषित भइन्।

खेल ढिला सुरु भएका कारण दुवै खेलको ओभरको छोट्टाइएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell