PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

आजदेखि आचारसंहिता लागुः राष्ट्रपतिको निर्वाचनमा ककसलाई लाग्छ आचारसंहिता?



पहिलोपोस्ट

आजदेखि आचारसंहिता लागुः राष्ट्रपतिको निर्वाचनमा ककसलाई लाग्छ आचारसंहिता?

काठमाडौंः राष्ट्रपतिको निर्वाचनका लागि आजदेखि आचारसंहिता लागु भएको निर्वाचन आयोगले जनाएको छ। 

२९ गते राष्ट्रपतिको निर्वाचन हुदैछ। राष्ट्रपतिका लागि वाम गठबन्धनका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसबाट कुमारी लक्ष्मी राईले उम्मेदवारी दिएका छन्।

निर्वाचन आयोगको आजको बैठकले राष्ट्रपतिको निर्वाचनको आचारसंहिता लाग्ने व्यक्तिहरुसमेत तोकेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जनाएको छ।

निर्वाचन आचारसंहिता देहाय बमोजिमका व्यक्ति, निकाय तथा अधिकारीलाई लागु हुनेछ

(क) नेपाल सरकार र नेपाल सरकारको मन्त्री,
(ख) प्रदेश सरकार र प्रदेश सरकारको मन्त्री,
(ग) स्थानीय तह,
(घ) नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी,
(ङ) सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी,
(च) सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी,
(छ) नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरीका कार्यालय तथा सुरक्षाकर्मी,
(ज) निर्वाचनको काममा संलग्न कर्मचारी,
(झ) राजनीतिक दल तथा राजनीतिक दलको भातृ संगठन,
(ञ) उम्मेदवार तथा सम्बन्धित व्यक्ति,
(ट) सार्वजनिक पद धारण गरेको व्यक्ति,
(ठ) पर्यवेक्षक,
(ड) सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यम,
(ढ) निजी तथा गैरसरकारी संस्था,
(ण) नेपाल सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी ।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell