PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

अर्थमन्त्री युवराज खतिवडासहित तीन मनोनीत सांसदको शपथका लागि खुल्यो बाटो



पहिलोपोस्ट

अर्थमन्त्री युवराज खतिवडासहित तीन मनोनीत सांसदको शपथका लागि खुल्यो बाटो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको क्याबिनेटले राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि सिफारिस गरेका डाक्टर युवराज खतिवडा, रामनारायण विडारी र डाक्टर विमला पौडेललाई सपथ ग्रहणका लागि सर्वोच्चले बाटो खुला गरिदिएको छ। 

अघिल्लो क्यबिनेटबाट प्रधान मन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेका गोपाल कुमार बस्नेत, चाँदनी जोशी र कृष्णप्रसाद पौडेल नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरेका थिए। लगत्तै बनेको ओली नेतृत्वको सरकारले अघिल्लो सरकारको सिफारिस अस्वीकृत गर्दै तीन जनाको नाम राष्ट्रिय सभा सांसदका लागि सिफारिस गरेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक सिफारिस भएको नाम सदर गरेकी थिइन्।

त्यसपछि अघिल्लो सरकारले गरेको सिफारिस नै कार्यान्वयन गर्नुपर्ने मागसहित सर्वोच्चमा रिट दायर भएको थियो। 'मन्त्रिपरिषदले पहिले गरेको सिफारिस फिर्ता लिएर अर्को सिफारिस गर्न नपाउने भन्ने संवैधानिक व्यवस्था नभएको' उल्लेख गर्दै सर्वोच्च अदालतले प्रधान मन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषदले मनोनितका लागि सिफारिस गरेका राष्ट्रिय सभाका तीन सदस्यहरुको मनोनयनलाई रोक्न नपर्ने आदेश दिएको हो। सर्वोच्चले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने जनाएको छ।

साथै सर्वोच्चले राष्ट्रिय सभा सदस्य मनोनयनको विषयलाई लिएर परेको उजुरी संवैधानिक इजालसबाट पार लगाउनुपर्नेसमेत आदेशमा उल्लेख गरेको छ।

सर्वोच्चको यो आदेशसँगै तिनैजनाको संसद सपथ प्रकृयाको अवरोध टुंगिएको छ। मनोनयनमा परेका डाक्टर युवराज खतिवडा अर्थ मन्त्री भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell