PahiloPost

Jun 15, 2026 | १ असार २०८३

रौतहटमा गोली चल्योः एक घाइते



पहिलोपोस्ट

रौतहटमा गोली चल्योः एक घाइते

काठमाडौंः रौतहटको फतुवा प्रावि नजिकै गोली चलेको छ। मोटरसाइकलमा आएका दुई जनाले गोली हानेर भागेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी यज्ञ विनोद पोखरेलले बताए।
गोली लागि रौतहट राजपुर ३ स्थित बेलिया टोल वस्ने ४३ वर्षिय शेखसालिक घाइते भएका छन्। उनको दाहिने कोखामा गोली लागेको छ।
रौतहटहको स्थानिय अस्पतालमा उपचार हुन नसकेकाले भारतको मोतीहारी लगिएको प्रहरीले जनाएको छ।
गोली चलाउनेको खोजी भइरहेको एसपी पोखरेलले बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell