PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

सरकार शासक होइन संयोजनकारी निकाय हो: प्रम ओली



पहिलोपोस्ट

सरकार शासक होइन संयोजनकारी निकाय हो: प्रम ओली

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार शासक नभइ संयोजनकारी निकाय भएको बताएका छन्। बाग्मती सफाइ अभियानका अभियन्ताहरुसँग बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले सरकार कानुनको पालक भएको बताए।

‘सरकार हस्तक्षेपकारी होइन कानुनी राज स्थापना र विकासका लागि संयोजनकारी संस्था हो’ प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्रीले बागमती सफाइ अभियानका लागि सरकार अभियन्ताको साथमा रहेको बताए। प्रधानमन्त्री ओलीले बाग्मती सफाइसँगै यसलाई फोहोर हुन नदिने विषयमा पनि जनचेतना जागृत गराउनु पर्ने बताए।

अभियन्ताहरुले २०७५ लाई नेपाल सफाइ बर्ष घोषणा गर्न माग गरेका छन्। प्रधानमन्त्री ओलीले यस विषयमा सरोकारवालाहरुसँग छलफल गरेर टुंगोमा पुग्ने जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell