PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

च्याम्पियन्स लिग : सिटी हारेर पनि क्वाटरफाइनलमा, टोटनहम बाहिरियो



पहिलोपोस्ट

च्याम्पियन्स लिग : सिटी हारेर पनि क्वाटरफाइनलमा, टोटनहम बाहिरियो

इंगलिस क्लब म्यानचेष्टर सिटी युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलमा प्रवेश गर्दा अर्को इंगलिस क्लब टोटनहम भने बाहिरिएको छ।

प्रिक्वाटरफाइनल दोस्रो लेगमा स्वीस क्लब बार्सेलसँग २-१ ले पराजित भएपनि सिटी समग्रमा ५-२ को जित हात पार्दै अन्तिम आठमा पुगेको हो।

घरेलु मैदान गाब्रिएल जेससको गोलबाट सिटीले अग्रता लिएपनि बासेलका लागि मोहमेद र माइकल लाङले गोल गर्दै जित दिलाए। पहिलो लेगमा सिटीले ३-० को जित हात पारेको थियो।

उता घरेलु मैदानमा भएको दोस्रो लेगमा एक गोलको अग्रता लिएर पनि २-१ ले पराजित भएपछि टोटनहम भने युभेन्ट्ससँग समग्रमा ४-३ ले पराजित हुँदै बाहिरिएको हो। पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो।

युभेन्ट्सलाई क्वाटरफाइनलमा पुर्‍याउन गोन्जालो हिग्वेन र पाउलो डिबलाले दोस्रो हाफमा गोल गरे। त्यसअघि पहिलो हाफमा हेन मिन सनले गोल गर्दै टोटनहमलाई अग्रता दिलाएपनि इंगलिस टोलीले त्यसलाई कायम राख्न सकेन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell