PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

कोरियन भाषा परीक्षाको आवेदन खुल्यो; जेठमा परीक्षा, कुन क्षेत्रमा कति कोटा?

कोरियन भाषा परीक्षाको आवेदन खुल्यो; जेठमा परीक्षा, कुन क्षेत्रमा कति कोटा?

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँः कोरियामा रोजगारीका लागि जान चाहनेका लागि इम्प्लोयमेन्ट परमिट सिस्टम (इपीसएस) परीक्षाको आवेदन चैतमा खुल्ने भएको छ। श्रम तथा रोजगगार मन्त्रालय अन्तगर्तको वैदेशिक रोजगार विभागको इपीएस कोरिया शाखाले परीक्षाको आवेदन तथा परीक्षा सञ्चालनसम्बन्धी सूचना प्रकाशित गरी आवेदन तथा परीक्षा मिति सार्वजनिक गरेको हो। 

आवेदन दिन चाहनेहरुले चैत ८ गते देखि १७ गते सम्म आवेदन भर्नुपर्ने छ।  १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको (२०३४ साल चैत १० देखि २०५६ साल चैत ९ सम्म जन्मिएका) नेपाली नागरिकले इपीएस नेपालको वेवसाइटमा गई अनलाइनबाटै आवेदन भर्न सक्नेछन्। 

परीक्षा जेठ २६ र २७ गते तय भएको छ। परीक्षाका लागि काठमाडौँ र पोखरामा केन्द्र तोकिएको इपीएस कोरिया शाखाले जनाएको छ। पोखरामा १२ हजार जनाले परीक्षा दिन पाउनेछन्। 

आवेदन शूल्क २४ डलर तोकिएको छ। यसपटक कुल ७ हजार १०० जना उत्तीर्ण गरिन्छ। जसमध्ये उत्पादनमुलक क्षेत्रमा चार हजार ८ सय र कृषि क्षेत्रमा दुई हजार ३०० कोटा निर्धारण गरिएको छ।


ट्रेन्डिङ पोस्ट

Ncell