PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

नारी दिवस विशेष म्याराथनको उपाधी ललिता लामिछानेलाई



पहिलोपोस्ट

नारी दिवस विशेष म्याराथनको उपाधी ललिता लामिछानेलाई

१०८ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा दमकमा आयोजित खुल्ला महिला म्याराथनको उपाधी पोखराकी ललिता लामीछानेले जितेकी छिन्। फेसबुक ग्रुप डब्लु आर आरले आयोजना गरेको म्याराथनमा ३ किलोमिटरको दुरी १५ मिनेट ५८ सेकेन्डमा पार गर्दे ललिता विजयी भएकी हुन्।

२ सय ८० जना महिलाहरुको सहभागीता रहेको प्रतियोगितामा दमककी पासाङ ल्हमु शेर्पाले दोस्रो स्थान हात पारिन्। उनले १७ मिनेट ३५ सेकेन्डमा ३ किलोमिटरको दुरी पार गरेकी हुन्। त्यस्तै १८ मिनेट ५४ सेकेन्डमा दुरी पार गरेर केरखाकि दिपा तामाङ तेस्रो भइन्। विजेता सबैलाई प्रमाण पत्र प्रदान गरियो। 



म्याराथनमा यूथ नेटवर्क, यूथ फर ब्लड, दमक रन लगायतका संस्थाहरुको डब्लु आर आरसँग सहकार्य रहेको थियो। म्याराथनको औपचारिक कार्यक्रममा दमक नगरपालिकाको उपमेयर गीता अधिकारीको प्रमुख अतिथ्य रहेको थियो। दमकको गोरखा डिपार्टमेन्टबाट सुरु भएको म्याराथन दमक थानारोडबाट कृष्ण मन्दिर, नगरपालिका, मामा चोकबाट फर्केर भृकुटी चोक हुँदै पुन: गोरखा डिपार्टमेन्ट अगाडी पुगेर सकिएको थियो। 

फोटो: सुजन केसी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell