PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

अमेरिकन युनिभर्सिटीमा यादव खरेल निर्देशित २ फिल्म प्रवर्द्धन 



पहिलोपोस्ट

 अमेरिकन युनिभर्सिटीमा यादव खरेल निर्देशित २ फिल्म प्रवर्द्धन 

काठमाडौं: अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाले पुराना नेपाली फिल्महरु संरक्षण गर्ने भएको छ। दुई नेपाली फिल्म 'प्रेमपिण्ड' र 'आदिकवि भानुभक्त' प्रवर्द्धनका गर्ने बारे उक्त युनिभर्सिटीले प्रेस विज्ञप्ती जारी गरेको थियो।

यादव खरेल निर्देशित यी दुई फिल्मले राणाकालिन समयको कथा र सामाजिक विषय उठान गरेको छ। क्यालिफोर्निया युनिभर्सिटीको लाइब्रेरी निर्देशक क्रिस्टोफर होर्‍याकले नेपाली भाषा र इतिहास अध्ययन बारे चासो देखाउँदै प्रेमपिण्ड र आदिकवि भानुभक्त संरक्षण गर्ने जनाएका हुन्।

फिल्म संरक्षण बारे फिल्मका निर्देशक रहेका यादब खरेलले पुष्टी गरे। उनले आफ्नो निर्देशन रहेको फिल्महरु लाइब्रेरीमा सुरक्षित राख्न अनुमती दिएको बताए। खरेलले पुराना नेपाली फिल्महरु प्रवर्द्धन नभएको अवस्थामा विदेशमा यसको अध्ययन र संरक्षणको लागि पहल हुनु खुशीको विषय रहेको बताए। 'अब हामीले पनि हाम्रो फिल्म इतिहास जोगाउने बारे सोच्नु पर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell